arrow

नेतृत्व परिवर्तनबारे प्रचण्डलाई प्रश्न [भिडियो]

'महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
prachanda-06-08.jpg

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आगामी महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको स्थायी कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको र महाधिवेशनसम्म जाँदा यो विषयको समाधान हुने बताए।

हालै भएको जेन-जी आन्दोलनले राजनीतिक दलका पुराना नेताहरूले नेतृत्व छोड्नुपर्ने माग राखेपछि माओवादी केन्द्रलगायतका दलहरूमाथि नेतृत्व परिवर्तनका लागि पार्टीभित्रैबाट दबाब बढ्दै गएको छ। यसै सन्दर्भमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा दाहालले 'महाधिवेशनसम्म जाँदा सबै हल हुन्छ' भनेका हुन्।

बुधबारको स्थायी कमिटी बैठक केन्द्रीय कमिटीको एजेन्डा तय गर्न बसेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ