arrow

सत्ताबाट बाहिरिएपछि ओलीले के भने ? [भिडियो]

बालेनमाथि कटाक्ष: 'सिंहदरबार जलाउने योजनाबद्ध काम हो'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ८ बुधबार
oli-gundu.jpg

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र इतिहासलाई माया गर्ने मानिसले सिंहदरबार जलाउन नसक्ने बताएका छन्। विजया दशमीको अवसरमा आफ्नो निवासमा नेता तथा कार्यकर्तासँगको भेटमा उनले देशको वर्तमान अवस्था चिन्ताजनक रहेको बताए।

उनले 'जेनजी' आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको परिणामलाई 'सेन्टिमेन्टमा आक्रोशित हुँदाको परिणाम' भने। उनले नेपालीले नै देश बनाउनुपर्ने र यसका लागि सभ्य तथा सुसंस्कृत बन्नुपर्नेमा जोड दिए। ओलीले अहिलेका युवा पुस्तालाई ज्ञान मात्र सिकाइएको तर चरित्र सिकाउन नसकिएकोले यस्तो समस्या आएको बताए।

ओलीले नेपाल अहिले बद्नाम भएको र धेरै देशले नेपालीलाई भिसा दिन तथा काम गर्न वञ्चित गराएकोमा लज्जित हुनुपरेको बताए। उनले नेपाललाई इमान्दार र कर्मठ मानिसको देशका रूपमा चिनाउनुपर्ने धारणा व्यक्त गरे।

आन्दोलनका क्रममा सिंहदरबार, संसद भवन र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायत सरकारी सम्पत्तिमाथि भएको आक्रमणलाई उनले 'योजनाबद्ध काम' भने। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहतर्फ लक्षित गर्दै 'पहिला पनि सिंहदरबार जलाइदिन्छु भनेको' उल्लेख गरे। उनले 'अरुको लहलहैमा लाग्दा' यस्ता घटना भएको पनि बताए।

ओलीले सबैलाई हिम्मत नहारी देशलाई अगाडि बढाउन संगठित भएर लाग्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ