arrow

आज दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रिय सभाका दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारस्थित समितिको सभाहलमा बस्नेछ। बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आज बिहान ११:३० बजे सिंहदरबारमै बस्दैछ। यस बैठकमा समितिको आगामी योजना तथा कार्यक्रमबारे छलफल हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ