समिति बैठक तथा कामकारबाही नियमित गर्न अध्यक्ष दाहालको निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.2k
Shares
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न समिति सभापति र सचिवहरूसँग बदलिएको राजनीतिक परिस्थितिका बारेमा छलफल गरेका छन् ।
अध्यक्ष दाहालले सिंहदरबारस्थित कार्यकक्षमा सभाका चार विषयगत समितिका सभापति र सचिवहरूसँग छलफल गरी समितिका बैठक तथा कामकारबाही नियमित गर्न निर्देशन दिए ।
छलफलमा राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, समिति सभापतिहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल, कमलादेवी पन्त र सोनाम गेञ्जेन शेर्पा, राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्याल र समिति सचिवहरू सहभागी थिए ।