arrow

त्रिपाल मुनि बसेर मुद्दाको सुनुवाई गर्दा...[भिडियो]

देशभरका २३ वटा अदालतमा क्षति

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
supreme-court-tripal.jpg

काठमाडौँ । सर्वोच्च अदालतले त्रिपाल मुनिबाटै मुद्दाको सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भए पनि दुईटा बन्दीहरूका मुद्दाको सुनुवाई गरिएको हो ।

गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीले सर्वोच्च अदालतमा पनि तोडफोडसहित आगजनी गरेका थिए । 

सुनुवाईपछि अदालतका सहप्रवक्ता एवं उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण भौतिक संरचना, आइटी उपकरण र सवारी साधनमा निकै ठूलो क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य भइरहेको बताए । 

उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामलाई अघि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भए पनि काम अघि बढाएको बताए । 

उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्याय सम्पादनलाई अघि बढाउनुपर्छ भन्ने छ । त्यो निर्णयानुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अघि बढाएका हौँ । पालबाटै भए पनि हामीले काम गरिरहेका छौँ ।’

देशभर सर्वोच्च, विशेष, उच्च र जिल्ला अदालत गरेर २३ वटा अदालतमा क्षति भएको उनले जानकारी दिए ।

उनले भने, ‘अहिले देशभर सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालत गरेर समग्रमा २३ वटा अदालतमा क्षति भएको छ । क्षति भएकामध्ये केही पूर्णरुपमा र केहीमा सामान्य क्षति भएको छ । पूर्णरुपमा क्षति भएका अदालतका फाइल सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतका केही फाइल बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छाैँ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ