तीन पटक नकारात्मक सर्किट लागेसँगै नेप्सेको कारोबार बन्द
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
1.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । जेन–जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ ।
बिहीबार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो ।
११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३।.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।
दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भयो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो । योसँगै बिहीबारका लागि कारोबार बन्द भयो ।
यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ । यो समूहको ९।३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको छ ।
६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिव ४ मिनेट मात्रै कारोबार भयो ।
अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल छन् ।
लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।यसअघि पनि सरकार परिवर्तन हुँदा नेप्सेमा त्यसको असर देखिँदै आएको छ ।
नीतिगत परिवर्तन हुँदा पनि सेयरबजारमा उचारचढाव हुने गरेको छ ।