arrow

निर्वाचन तोकिएकै समयमा गराउन एमाले प्रतिबद्ध : सचिव भट्टराई [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १ बुधबार
yogesh-bhatt.jpg

काठमाडौँ । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले लोकतान्त्रिक प्रक्रियालाई थप मजबुत बनाउन तोकिएकै समयमा निर्वाचन गराउन पार्टी दृढ रहेको बताएका छन्। बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरिएको जानकारी दिए।

उनले जेन-जी आन्दोलनका क्रममा देशभर भएका क्षतिको विवरण संकलन भइरहेको र संविधान दिवसलाई आन्दोलनमा ज्यान गुमाउनेहरूको स्मरणका रूपमा मनाइने बताए। मुलुक राजनीतिक संकटको अवस्थामा रहेकाले राजनीतिक दलहरूबीच सहानुभूति र सहकार्यको आवश्यकता रहेको उनको भनाइ छ।

भट्टराईले भने, "जुन ढंगले संरचनाहरू क्षति भएका छन्, देशभरको क्षतिको विवरण हामी लिँदैछौँ। त्यही क्रममा हाम्रो पार्टी कार्यालयमा पनि क्षति भएको छ।" उनले नेपाली कांग्रेसका नेताहरूले एमाले कार्यालयको अवलोकन गरेको र यसले दलहरूबीच सहकार्यको वातावरण बनेको बताए।

यस क्रममा, बुधबार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका नेताहरूले एमालेको क्षतिग्रस्त केन्द्रीय कार्यालयका संरचनाहरूको अवलोकन समेत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ