राष्ट्रको सम्पत्ति विध्वंश गर्नेलाई छुट दिन सकिँदैनः नारायणकाजी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३१ मंगलबार
880
Shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।
माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।
उनले भने, ‘सबै ध्वस्त हुने गरी जलाइएको छ कतिपय सामान लुटिएको छ । सामानहरु पनि सबै तोडफोड गरिएको छ । सामानहरु कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होईन राष्ट्रको प्रतिक बनेको सिंहदरबार जस्तो संस्थाहरु जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौँ ।’
उनले माओवादी अब जेन-जीको मुद्धासँग मिलेर आन्दोलनको उपलब्धिलाई सफल पार्न अगाडि बढ्ने पनि बताए ।
उनले भने, ‘अब हामीले जे संकल्प गरेका थियौँ कि हाम्रो पार्टीलाई रुपान्तरण र पुनर्गठन गरेर हामी त्यो लक्ष्यमा जान्छौँ । जेनजीको मुद्धासँग मिलेर त्यो आन्दोलनको उपलब्धिलाई सफल पार्न हामी अगाडि बढ्छौँ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरी उठ्छाैँ ।’