-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। सरकारले जेन-जी आन्दोलनका क्रममा मारिएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ।
गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमबार सिंहदरबारमा पदभार ग्रहण गरेलगत्तै सो निर्णय गरेका हुन् ।
उनले मृतकहरूको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाइने जानकारी दिए। यसको मिति भने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ।
मन्त्री अर्यालका अनुसार, सरकारले मृतकका परिवारलाई काजकिरिया खर्चबापत जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ।
यसका साथै, मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर उपलब्ध गराइने पनि उनले बताए ।
सरकारले यसअघि नै सो आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गरिसकेको छ।