arrow

जेन-जी आन्दोलनपछि पूर्वाधार निरीक्षण

नयाँ सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार छ : मुख्यसचिव अर्याल [भिडियो]

सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ, त्यसअनुसारको व्यवस्थापन हामी गर्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २७ शुक्रबार
eknarayan-visit-minister.jpg

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जेन-जी आन्दोलनको मागअनुसार गठन हुने नयाँ नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् । शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिए।

उनका अनुसार, राहदानी र वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवाहरू अनलाइनमार्फत सुरु भइसकेका छन्। खानेपानी, बिजुली, टेलिफोनलगायतका अत्यावश्यक सेवाहरू निरन्तर सञ्चालन गर्न पनि निर्देशन दिइएको उनले बताए।

उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि जानकारी दिए। मुख्यसचिव अर्यालले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए।

‘सरकार सञ्चालनको विषयमा आएका सबै हल्ला हुन्,’ उनले भने, ‘सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ, त्यसअनुसारको व्यवस्थापन हामी गर्छौं।’

उनले क्षति कम भएको ठाउँबाट सेवा प्रवाह अगाडि बढाउने योजना रहेको र सोहीअनुसार काम हुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ