arrow

सेनाको कू मान्दैनौँ भन्दै नेविसंघ उत्रियो सडकमा, राष्ट्रपतिलाई सार्वजनिक गर्न माग [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
nebesang-pardarsann.jpg

 काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन सडकमा उत्रिएको छ । जेन–जी उमेर समूहकै विद्यार्थी संगठन नेपाली सेनाको कू मान्दैनौँ भन्दै सडकमा उत्रिएको हो । 

राष्ट्रपति सेनाको परमाधिपति हुने भए पनि राष्ट्रपतिलाई गोप्य स्थानमा राखेर प्रधान सेनापतिले सबै अधिकारहरुको प्रयोग गरेको भन्दै नेविसंघ सडकमा उत्रिएर विरोध गरेको हो । 

नेविसंघले काठमाडौँसहित देशका ठाउँठाउँमा प्रदर्शन गरेको छ । नेविसंघले राष्ट्रपति रामचन्द्र पौडेललाई तत्काल सार्वजनिक गर्नसमेत माग गरेको छ । 

उसले संविधानको रक्षा गर्न सबैलाई आह्वानसमेत गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ