arrow

रघुवीर महासेठको निवासमा तोडफोड र आगजनी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २४ मंगलबार
raghubir mahashetha-ghar.jpg

जनकपुर। नेकपा (एमाले)का सचिव तथा सांसद रघुवीर महासेठको जनकपुरस्थित निवासमा जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले ढुङ्गामुढा र आगजनी गरेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–९, भरमपुरीमा रहेको उनको घरमा प्रदर्शनकारीले तोडफोड गरी ध्वस्त पारेका हुन्।

आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीहरूले राजनीतिक दलका कार्यालय, नेताका निवास र सरकारी कार्यालयहरूलाई निशाना बनाएका छन्। यसअघि काठमाडौँमा पनि दलका शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयहरूमा ढुङ्गामुढा भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ