जेनजीको प्रदर्शनका कारण संसदीय समितिको बैठक स्थगित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २३ सोमबार
1.3k
Shares
काठमाडौँ । जेनजी पुस्ताको प्रदर्शन र बानेश्वर क्षेत्रमा तनाव बढेपछि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ।
नेपाल प्रहरी सम्बन्धी विधेयकमाथि छलफल गर्न बोलाइएको बैठक प्रदर्शनका कारण बीचमै रोकिएको हो।
प्रदर्शन उग्र बनेपछि गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र गृहसचिव गोकर्णमणि दुवाडी लगायतका उच्च अधिकारीहरू बैठक छाडेर बाहिरिएका थिए।
धेरै सांसदहरूले बैठक स्थगित गर्न प्रस्ताव गरेपछि समिति सभापति न्यौपानेले बैठक स्थगित भएको घोषणा गरिन्। यस विधेयकमा ५२ वटा संशोधन प्रस्तावमार्फत ६४८ वटा विषयमा संशोधन परेको छ।