arrow

कर्मचारीले कुनै पार्टीका लागि होइन, देशका लागि काम गर्नुपर्छ : देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १९ बिहिबार
deuba-19.jpg

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीले कुनै पनि पार्टीका लागि नभई समग्र देश र जनताका लागि काम गर्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

सभापति देउवाले कर्मचारीलाई देश र विधानअनुसार काम गर्न निर्देशन दिए। उनले भने, "कर्मचारीले कुनै पनि पार्टीको लागि काम गर्न पाइँदैन। देशको, राष्ट्रको, विधानको अनुसार देशको काम गर्ने हो। कुनै पार्टीको लागि काम गर्ने होइन।"

उनले निर्वाचनमा कसलाई मत दिने वा नदिने भन्ने कुरा व्यक्तिगत भएको उल्लेख गर्दै कर्मचारीले कुनै पनि पार्टीको आदेश मानेर काम गर्न नहुने बताए। देउवाले सरकारी सेवाहरूलाई चुस्त र दुरुस्त बनाउन कर्मचारीहरू क्रियाशील हुनुपर्नेमा जोड दिए। साथै, उनले २१ औं शताब्दीको आकांक्षाअनुसार जनतालाई छिटो र छरितो सेवा दिन पनि आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ