arrow

नेप्सेमा १५.६४ अंकको गिरावट, ४.७२ अर्बको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १८ बुधबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज १५.६४ अंकले घटेर २,७२६.३३ विन्दुमा कायम भएको छ। बजारमा गिरावट आए पनि कारोबार रकम ४ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ।

आज ३२६ कम्पनीका १ करोड १३ लाखभन्दा बढी कित्ता सेयर ६८ हजार ५९४ पटक किनबेच भएका छन्।

आजको कारोबारमा म्युचुअल फन्ड (०.२२%) र व्यापार समूह (०.०७%) को उपसूचक मात्र बढेको छ। बैंकिङ (०.५५%), विकास बैंक (०.८५%), वित्त (०.७६%), होटल तथा पर्यटन (०.९३%), जलविद्युत् (०.९३%), लगानी (०.५४%) र जीवन बिमा (०.५६%) लगायत अन्य सबै समूहको उपसूचकमा गिरावट आएको छ।

आज हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको सेयर मूल्य ६.९९ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको ३३ करोड ८० लाख रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ। सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी लिबर्टी इनर्जी कम्पनी लिमिटेडको १२ लाख ११ हजार ६६ कित्ता सेयर किनबेच भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ