arrow

नेप्से परिसूचकसँगै घट्यो कारोबार रकम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १७ मंगलबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक १९दशमलव८९ अंकले घटेसँगै शेयर कारोबार पनि घटेको छ ।

सोमबार १२दशमलव०३ अंकले बढेर २७६१दशमलव८६ बिन्दुमा रोकिएको नेप्से परिसुचक मंगलबार भने ०दशमलव७२ अंकले घटेर २७४१दशमलव९७ बिन्दुमा रोकिएको छ ।

सोमबार ५ अर्ब १० करोड ५७ लाख ४६ हजार ६५७ रुपैयाँ बरारबरको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर कारोबारमा मंगलबार भने ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार ८१२ रुपैयाँको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता शेयर कायारेबार भएको छ ।

यस्तै सेन्सेटिभ इन्डेक्स २दशमलव६९ अंकले घटेको छ । फ्लोट इन्डेक्स १दशमलव२३ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०दशमलव९८ अंक घटेको छ ।

यसदिन हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस कम्पनीको शेयर मूल्य मंगलबार प्रतिकित्ता ९दशमलव९८ प्रतिशतले बढेर २९४दशमलव२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ३दशमलव६० प्रतिशतले बढेर प्रतिकित्ता ४०२दशमलव४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । एभरेष्ट बैंकलिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३दशमलव२२ प्रतिशतले बढेर १०९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

मंगलबार उन्नति सहकार्य लघुवित्तको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । यस कम्पनीको शेयर मूल्य ७दशमलव४७ प्रतिशतले घटेर २०४६दशमलव७६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

दोर्दिखोला जलविद्युत कम्पनीको शेयर मूल्य ७दशमलव३२ प्रतिशतले घटेर २५५दशमलव०३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कुमारी सबल योजनाको शेयर प्रतिकित्ता ४दशमलव७९ प्रतिशतले घटेर ८दशमलव९४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, दोर्दिखोला जलविद्युत आयोजना र हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ