arrow

भदौभर बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
bp-highway-news.jpg

रामेछाप । जिल्ला प्रशासन कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकले वीपी राजमार्गमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

गत वर्षको बर्सातलेले क्षतिग्रस्त बनेको उक्त राजमार्ग भौगोलिक रूपमा कमजोर भएको र सामान्य वर्षातमा नै पहिरो खस्ने घटनाले बाटो अवरुद्ध हुने गरेका कारण मनसुनको जोखिम कायम रहँदै आएको जनाइएको छ ।

जिल्ला सुरक्षा समिति काभ्रेको आइतबार बसेको बैठकले वीपी राजमार्गको काभ्रेभञ्ज्याङ-भकुण्डेवेशी हुँदै सिन्धुलीतर्फ जाने सार्वजनिक तथा निजी सवारी साधनलाई साँझ ५ देखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार भदौ १६ गतेदेखि भदौ मसान्तसम्म यो व्यवस्था लागू हुनेछ । यात्रु र सवारीसाधनलाई जोखिम कम गर्न भन्दै सबै सरोकारवालालाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

यसअघि भदौ १५ गते रातिसम्म रातको समयमा यातायात सञ्चालन हुन नदिने निर्णय भएको थियो । सो समय भदौ मसान्तसम्मको लागि लम्बिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ