arrow

बागमती प्रदेश सरकारमा अंकको खेलः मन्त्रालय आठ, मन्त्री १४, छ बिना विभागीय

logo
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
bagmati-province-chief-minister-office.jpg
तस्बिर : फाइल

बागमती । बागमती प्रदेश सरकारका मन्त्रीहरूको कार्यविभाजन गरिएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा कार्यविभाजन गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कार्य विधानअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधुधन पौडेललाई कृषि, पशुपंछी तथा वातावरण मन्त्रालय, शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानून तथा सहकारी, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, विन्दु श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

किरण थापामगर, उर्मिला नेपाल, भरतबहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र विष्णु रायमाझी पौडेललाई विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि गत वैशाखमा बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउन मन्त्रालयको सङ्ख्या कटौती गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको कार्यान्वयनसँगै अब बागमतीका यसअघि रहेका १४ मन्त्रालय घटेर आठ वटा कायम भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ