चप्पलकारखाना अगाडि सवारी दुर्घटना, दुई गाडी र तीन मोटरसाइकल ठोक्किए
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
414
Shares
काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित चप्पल कारखाना अगाडि दुई वटा गाडी एकआपसमा ठोक्किएर दुर्घटना भएको छ ।
शुक्रबार दिउँसो करिब १ बजेतिर भएको दुर्घटनामा दुई गाडी आपसमा ठोक्किएपछि अनियन्त्रित भई सडकमा गुडिरहेका तीनवटा मोटरसाइकललाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।
घाइतेको उद्धार गर्न महाराजगञ्ज प्रहरी टोली घटनास्थलमा पुगेको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।
प्रहरी वृत्त महाराजगञ्जका अनुसार दुर्घटनामा परेका सवारी साधन र घाइतेहरूको विवरण संकलन भइरहेको छ । दुर्घटनामा संलग्नहरूको नम्बर र पहिचान खुल्न बाँकी रहेको छ ।