चक्रपथमा पाँच सवारी दुर्घटना, घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार
हाम्रा कुरा
प्रकाशित २०८३ साउन २ शनिबार
523
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ महाराजगन्जस्थित चक्रपथ सडकमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा घाइते भएका १० जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर र अन्यको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चाबहिलबाट चक्रपथतर्फ गइरहेको भारतीय नम्बर प्लेटको बिआर ०६ डिडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५, बा ७३ ज ३७२३ र बा।प्र।०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल शुक्रबार एकापसमा ठोक्किदाँ १० जना घाइते भएका थिए ।
दुर्घटनामा संलग्न सबै सवारीसाधनलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा काठमाडौँको मनमैजु बस्ने १५ वर्षीया सिवानी शाही, निजको भाई १० वर्षीय सुशान्त शाही, ललितपुर ग्वार्को बस्ने ३४ वर्षीय बिकी साह, भक्तपुर बस्ने ४१ वर्षीय उर्जा लामा, काठमाडौँको बसुन्धारा बस्ने ६५ वर्षीया कुन्तिमाया लिम्बू, ललितपुरको इमाडोल बस्ने १८ वर्षीय निउजित, बसुन्धारा बस्ने ५७ वर्षीया विष्णुमाया खापुङ, थानकोट बस्ने २५ वर्षीया पार्वती तामाङ, उदयपुरका २५ वर्षीय विनोद थापा मगर र नलपुरका २२ वर्षीय जीवन राना मगर घाइते भएका थिए ।