arrow

सीमा सुरक्षामा सरकार गम्भीर छ : गृहमन्त्री लेखक [भिडियो]

कुनै सैन्य रणनीतिमा सामेल हुँदैनौँ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
lekhak-ramesh-15.jpg

पर्सा । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाको विषयमा सरकार गम्भीर रहेको बताएका छन्। सोमबार पर्सामा आयोजित पत्रकार सम्मेलनमा उनले सीमा सुरक्षा र त्यहाँ हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले सक्रियताका साथ काम गरिरहेको जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा गृहमन्त्री लेखकले नेपाल कुनै पनि देशको सैन्य रणनीतिमा सामेल नहुने कुरा स्पष्ट पारे। उनले भने, "हामी सबैका मित्र हौँ, कसैसँग शत्रुता छैन।" उनले सीमामा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न सरकारले गहन रूपमा काम गरिरहेको बताए।

गृहमन्त्री लेखकले आपराधिक गतिविधिमा कुनै पनि आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ