arrow

जनाधार गुमाउँदै नेताहरू

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : प्रदीप ज्ञवाली [भिडियो]

‘एमालेका केही पदाधिकारीले वडा तहमा समेत चुनाव जिताउने हैसियत राख्दैनन्’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १६ सोमबार
pradeep-gawali-16.jpg

काठमाडौँ। नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरूले कुरा ठूला गरे पनि वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन्। सोमबार काठमाडौँमा आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ को विमोचन कार्यक्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता र कार्यकर्ताहरू ‘धागो नभएको चङ्गा’ जस्तो माथि-माथि मात्रै रहेको तर जनाधार कमजोर भएको औँल्याए। उनले कतिपय केन्द्रीय सदस्य र पदाधिकारीहरूले ठूला कुरा गरे पनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको बताए।

“गएको २०७९ सालको निर्वाचनमा हामीले ‘म नै जिताउँछु मेरो वडा’ भन्ने नारा दिएका थियौँ," ज्ञवालीले भने, “हाम्रो ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। तर हामी कतिपय केन्द्रीय सदस्य हुँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेताहरू हुँला— जसले आफ्नो वडासमेत जिताउन सक्दैनन्।”

ज्ञवालीले पार्टीलाई अघि बढाउन जनतासँग एकाकार भएर काम गर्नुपर्नेमा जोड दिए। उनले पञ्चायतकालमा राजा महेन्द्रले समेत जनमत बुझ्न ‘गाउँ फर्क अभियान’ चलाएको सन्दर्भ जोड्दै नेताहरूले जनाधार निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ