arrow

नेप्से २८ सय बिन्दुमाथि, कारोबारमा पनि सुधार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ११ बुधबार
nepse-building-81.jpg

काठमाडौँ । नेप्से परिसूचक बुधबार ५३.०१ अंकले बढेर २८१९.१० बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसअघि मंगलबार २७६६.०९ बिन्दुमा पुगेर कारोबार बन्द भएको नेप्से परिसूचकले आज २८ सय बिन्दु नाघेको हो ।

मंगलबार ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै शेयर कारोबार भएको बजारमा बुधबार कुल ३२१ स्टकको ७ अर्ब ६८ करोड ३३ लाख ८६ हजार ४४१ रुपैयाँ बराबरको १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर कारोबार भएको छ । 

आज सेन्सेन्टीभ इन्डेक्स ८.५२ अंकले बढेको छ । फ्लोट इन्डेक्स ३.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.०६ अंकले बढेको छ । आज विकास हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस कमपनीको शेयर मूल्य प्रतिकित्ता ४७ रुपैयाँले बढेर ५१७.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समता घरेलु लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले बढेर ९५७.९८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

ग्रिनभेन्र्चस लिमिटेडको शेयर मूल्य ४३.४९ रुपैयाँले बढेर ५८१.४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने क्रेष्ट माईक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता ९०.२३ रुपैयाँले बढेर १२७७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य ४.२९ प्रतिशतले घटेर ५३४.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार यसक म्पनीके शेयर मूल्य ५५८.७८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

यस्तै यसदिन सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ३.०५ प्रतिशतले घटेर १७८१.१७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी, ग्रिन भेन्र्चस लिमिटेड, हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ