arrow

होटलमा साल्मोनेलाको प्रकोप, सय भन्दा बढी बिरामी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १० मंगलबार
hotel-spain-.jpg

काठमाडौँ । स्पेनको दक्षिणपूर्वी मुर्सियास्थित पर्यटकीय गन्तव्य ला मंगा डेल मार मेनोरको एक होटलमा साल्मोनेलाको प्रकोप फैलिएको छ। यसबाट १०० भन्दा बढी मानिस बिरामी परेका छन्।

यो प्रकोप करिब ४०० पाहुना क्षमता भएको चारतारे होटल इजान ला काभानामा भएको हो। स्थानीय सञ्चारमाध्यमका अनुसार, खाजाको समयमा दिइने ससबाट साल्मोनेला सङ्क्रमण फैलिएको अनुमान गरिएको छ।

बिरामी भएकाहरूमा वाकवाकी, पखाला र पेट दुख्ने जस्ता लक्षणहरू देखिएका छन्। प्रकोपपछि होटलको भान्सालाई सरसफाइ र कीटाणुशोधनका लागि अस्थायी रूपमा बन्द गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ