arrow

पूर्व राजाविरुद्ध कर सम्बन्धी कसुरमा मुद्दा दायर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ११ मंगलबार
fromer-king-spain.jpg

काठमाडौँ । स्पेनका पूर्वराजा जुआन कार्लोसमाथि कर सम्बन्धी कसुरमा अवकाश प्राप्त न्यायाधीशको समूहले मुद्दा दायर गरेको छ ।

मार्च २०२२ मा स्पेनी अभियोजकहरूले उनको सम्पत्तिसम्बन्धी तीन वटा अनुसन्धानलाई अपर्याप्त प्रमाण र कानूनको सीमितताको कारण बन्द गरेका तर अनुसन्धानका क्रममा धेरै अनियमितताहरू फेला पारेको बताएका थिए ।

तीमध्ये खाडी राष्ट्रका राजाबाट आकर्षक उपहारहरू लिएको र युरोपको लिस्टेन्स्टीनमा सक्रिय एक फाउन्डेसनद्वारा सहयोग भएका निजी भ्रमण कानुन विपरीत भएको अभियोजकको दाबी थियो । 

स्पेनी पूर्वराजा कार्लोसले आफ्नो कर दायित्व पूरा गरको वा नगरेको भन्ने निर्णय सरकारी वकिलले भन्दा अदालतले गर्नुपर्ने उजुरीकर्ताहरूले बताएका छन् ।

स्पेनी कर अधिकारीहरूलाई अघोषित आयको बक्यौता रकम अन्तर्गत ८६ वर्षीय कार्लोसले ५० लाख युरोभन्दा बढीको दुई भुक्तानी गरेका छन् । 

स्पेनको सर्वोच्च अदालतका पूर्वन्यायाधीश जोस एन्टोनियो मार्टिन प्यालिनले सन् २०१४ देखि २०१८ सम्मको आय विवरणनियमित गर्ने काम कानुनअनुसार नभएको बताएका छन् । 

उनले भने, “हामीलाई जेल सजाय लागू गर्न अलिकति पनि चासो छैन, तर सकेसम्म कडाभन्दा कडा जरिवाना लगाउनुपर्छ ।”

उजुरीकर्तामा कानुनविद्, दार्शनिक र पत्रकार पनि रहेको पल्लिनले बताए । 

जुआन कार्लोसले सन् १९७५ मा लामो समयदेखि तानाशाह फ्रान्सिस्को फ्रान्कोको मृत्युपछि स्पेनको प्रजातन्त्रको रूपान्तरणमा खेलेको भूमिकाको व्यापक प्रशंसा पाएका थिए । 

सन् २०१४ मा राजगद्दी त्यागेपछि उनमाथि कर छली र आर्थिक अनियमितता गरेको खुलासाले उनको प्रतिष्ठामा अपूरणीय क्षति पुर्याएको छ र यसले स्पेनी दरबारबारे निकै नकारात्मक प्रभाव परेको छ । 

उनमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उन सन् २०२० मा संयुक्त अरब इमिरेट्समा स्वनिर्वासित भएका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ