arrow

स्पेनले अमेरिकाका लागि हवाई क्षेत्र बन्द गर्‍यो, सैन्य अड्डा प्रयोगमा प्रतिबन्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १६ सोमबार
margarita-robels-trump.jpg

तेल अभिभ । इरान विरुद्धको युद्धमा संलग्न अमेरिकी सैन्य विमानहरूका लागि स्पेनले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। सैन्य अड्डाहरूको प्रयोगमा पनि प्रतिबन्ध लगाइएको छ।

स्पेनी रक्षामन्त्री मार्गारिटा रोबल्सले भने कि देशले इरानसँग सम्बन्धित कुनै पनि सैन्य अपरेशनका लागि आफ्नो हवाई क्षेत्र र सैन्य अड्डाहरू प्रयोग गर्न दिने छैन। 

यस निर्णयपछि अमेरिकी विमानहरू मार्गहरू परिवर्तन गर्न बाध्य हुनेछन् । यद्यपि मानवीय र आपतकालीन उडानहरूलाई छुट दिइएको छ।

स्पेनी अर्थमन्त्री कार्लोस कुएर्पोले यो निर्णय एकपक्षीय र अन्तर्राष्ट्रिय कानून विरुद्धको युद्धको लागि समर्थन नगरेको आधारमा लिइएको बताएका छन् ।

स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले पहिले नै अमेरिका-इजरायली सैन्य अपरेशनको आलोचना गरिसकेका छन्। डोनाल्ड ट्रम्पले यस निर्णयको प्रतिक्रियामा व्यापारिक कारबाहीको धम्की दिएका छन्। यो निर्णयले अमेरिका र स्पेन बीच कूटनीतिक तनाव बढाउने सम्भावना छ।

सोमबार अमेरिका-इजरायल र इरानबीच भएको युद्धको ३१ औँ दिन हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ