arrow

राजदूत शनिलले गरे ओहोदाको प्रमाणपत्र प्रस्तुत

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १६ मंगलबार
sanil-nepal-ambassador-spai.jpg

काठमाडौँ । स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । 

मड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मङ्गलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे । 

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै  उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिए ।

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गरे । उनले नेपालको पर्यटन क्षेत्रको पुनःरूत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गरेको नेपाली दूतावासले जनाएको छ । 

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा यूएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए । 

भेटमा नेपाल र यूएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो । महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ