arrow

दुई तीव्र गतिका रेल ठोक्किँदा २१ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ५ सोमबार
train-accident-spain.jpg

काठमाडौँ । स्पेनको दक्षिणी सहर कोर्डोबा नजिकै दुईवटा तीव्र गतिका रेल एकआपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २५ जना गम्भीर घाइते भएका छन्। मालागाबाट म्याड्रिडतर्फ ३१७ जना यात्रु बोकेर जाँदै गरेको रेल अज्ञात कारणले लिकबाट बाहिरिएपछि छेउकै ट्र्याकमा गुडिरहेको म्याड्रिड–हुएल्भा रेलसँग ठोक्किन पुगेको थियो।

स्पेनका यातायात मन्त्री ओस्कार पुएन्टेका अनुसार मालागा–म्याड्रिड रेलका अन्तिम दुईवटा डिब्बाहरू लिकबाट उछिट्टिएर अर्को रेलको अघिल्लो दुईवटा डिब्बामा बज्रिएका थिए। यस दर्दनाक दुर्घटनाप्रति प्रधानमन्त्री पेड्रो सान्चेज र स्पेनी राजपरिवारले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।

दुर्घटनापछि उक्त मार्गमा रेल सेवा कम्तीमा मङ्गलबारसम्मका लागि पूर्ण रूपमा स्थगित गरिएको छ। स्पेनमा यसअघि सन् २०१३ मा सान्टियागो डे कम्पोस्टेलामा भएको भीषण रेल दुर्घटनामा ७९ जनाको ज्यान गएको थियो, जसलाई स्पेनको इतिहासकै ठूलो रेल दुर्घटना मानिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ