राज्य व्यवस्था समितिको सभापति चयनका लागि भदौ ११ मा निर्वाचन हुने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ९ सोमबार
882
Shares
काठमाडौँ। रिक्त रहेको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार उक्त निर्वाचनको मिति तोकेका हुन्।
संघीय संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार सोमबार अन्तिम दिन भएकाले सभामुखले निर्वाचन मिति तोकेको बताए।
प्रवक्ता गिरीका अनुसार, समिति सदस्यहरूमध्येबाट सभापति पदका लागि प्रस्ताव तथा समर्थन दर्ता गरिएका उम्मेदवारहरूको नाम भदौ ११ गते बस्ने समितिको बैठकमा प्रस्तुत गरिनेछ। उक्त बैठक समितिका ज्येष्ठ सदस्यले सञ्चालन गर्ने व्यवस्था छ।
तत्कालीन सभापति रामहरि खतिवडाले 'कुलिङ अफ पिरियड' छेडखानी प्रकरणमा नैतिक र राजनीतिक जिम्मेवारी लिँदै राजीनामा दिएपछि यो पद रिक्त भएको थियो।