एमसीसी कार्यान्वयनले नेपालमा अमेरिकी सैनिक अड्डा बस्ने कुरा निराधार: सुरेन्द्र पाण्डे [भिडियो]
एमसीसीबारे भावनात्मक र तथ्यविहीन विरोध गरियो, अमेरिकी सैनिक अड्डा स्थापना हुने कुरामा सत्यता छैन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
618
Shares
काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनामाथि भइरहेको भावनात्मक र तथ्यहीन विरोधप्रति असहमति जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमसीसी कार्यान्वयनमार्फत नेपालमा अमेरिकी सैनिक अड्डा स्थापना हुने आशंका निराधार भएको बताए।
उपाध्यक्ष पाण्डेले छिमेकी मुलुकहरूको विदेशी कुटनीतिबारे स्पष्ट नहुँदा नेपालले सधैँ घाटा बेहोरिरहेको टिप्पणी गरे। उनले भने, "एमसीसी परियोजना लागू भएर एमसीए (एमसीए) कार्यालय यहाँ बस्दा अमेरिकी सैनिक अड्डा बस्छ भन्ने कुराको म कुनै तात्विक अर्थ देख्दिनँ। अहिलेसम्म त बसिसकेको हुनुपर्ने।"
पाण्डेले नेपालले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर कुनै देशको सहयोग लिने र कुनै देशको सहयोग नलिने भनेर छुट्याउनु गलत भएको बताए। नेपालको विकास र समृद्धिको लागि एमसीसी र बीआरआईदुवै अपरिहार्य रहेको उनको भनाइ छ। उनले थपे, "हामीलाई सबै किसिमको सहयोग चाहिन्छ। एउटा लिने र एउटा नलिने भन्यौँ भने माग्नेलाई तातो भात पाइँदैन।"
नेपालजस्तो विकासोन्मुख मुलुकलाई दातृ निकाय वा साझेदार राष्ट्रहरूसँगको सहयोगले कुटनीतिक सम्बन्ध बलियो हुँदै जाने भन्दै उनले यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए।