arrow

कालापानीमा भएको भारत-चीन सीमा व्यापार सम्झौताप्रति नेपालले प्रतिवाद गर्नुपर्छ: सांसद भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
gopal-bhattrais.jpg

काठमाडौं। नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले नेपालले यसको कडा प्रतिवाद गर्नुपर्ने बताएका छन्।

राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टराईले दुई ठूला छिमेकी राष्ट्रले साना देशलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपाल दृढतापूर्वक उभिनुपर्ने बताए। उनले कालापानी क्षेत्रमा भएको व्यापार सम्झौताले नेपालको सार्वभौमिकतामाथि चोट पुर्‍याएको उल्लेख गर्दै कूटनीतिक पहलबाट यस समस्याको समाधान गर्न सरकारसँग आग्रह गरे।

सांसद भट्टराईले इतिहासमा महाकाली नदीलाई आधार मानेर गरिएका पुराना सन्धि र सम्झौताहरू अझै पनि कायम रहेको स्मरण गराए। उनले भारतले ती सम्झौताको कार्यान्वयनमा बारम्बार अवरोध सिर्जना गर्दै आएको आरोप लगाए।

उनले भारतले उक्त क्षेत्रबाट आफ्ना सैनिक फिर्ता नगरेको र नेपालको नक्सामा समेटिएको भूभागलाई भारतले समेत आफ्नो नक्सामा देखाएको विषय गम्भीर भएको बताए। उनले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा यी विषयहरूलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ