arrow

घट्यो नेप्से, कारोबारमा पनि कमी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ५ बिहिबार
nepse-stock-share-down-bear.jpg

काठमाडौँ । साताको अन्तिम कारोबार दिन पनि नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेर रोकिएको छ । यसअघि बुधबार नेप्से ९.७० अंकले घटेर २७६७.२० विन्दुमा पुगेर रोकिएको थियो । 

यसदिन कुल ३१९ स्टकको ५ अर्ब २ करोड १० लाख ४ हजार ८१६ रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर कारोबार भएको छ । 

यसअघि बुधबार ५ अर्ब २० करोड ७ लाख ५३ हजार ८६८ रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता शेयर कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । आज विकास हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३२.१० रुपैयाँले बढेर ३५३.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सामुदायिक लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ८०.१९ रुपैयाँले बढेर १५७३.१३ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यसैगरी रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जनउत्थान सामुदयिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । 

यस्तै पञ्चकन्या हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स,  बलेफी हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ