arrow

जनताभन्दा ठूलो कोही छैन - देउवा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
deuba-05-04.jpg

काठमाडौँ। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो कोही नभएको बताएका छन्। बुधबार काठमाडौंमा स्वर्गीय प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उनले जनता नै देशका मालिक भएको कुरामा जोड दिए।

उनले आफू जनताले जिताएर पठाएको र सांसदहरूको सहयोगका कारण नै प्रधानमन्त्री भएको बताए। “म कहाँ भएको छु, जनताले भोट हाल्छन् त के गर्ने मैले? पार्टीका सांसदहरूले सहयोग गरे, सबै पार्टीहरूले सहयोग गरेर प्रधानमन्त्री भएको हो,” उनले भने।

आफ्नो राजनीतिक जीवनबारे बोल्दै देउवाले आफू अहिलेसम्म प्रत्यक्ष निर्वाचन मात्रै लडेको र सबै निर्वाचन जितेको बताए। उनले भने, “धेरै पार्टीका नेताहरू मेरो खिलाफमा लाग्नुभयो, मेरो विरुद्धमा डडेलधुराबाट तर म त हार्छु भनेको थिएँ, तैपनि जितिछु।” उनले जनता नै सबैभन्दा ठूलो कुरा भएको र त्यसैले जनतालाई सार्वभौम सम्पन्न भनिएको बताए।

देउवाले आफ्नो उमेर धेरै नभएकोले कसैले चिन्ता नगर्न पनि आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ