arrow

नेपाल टेलिकम वर्कर्स युनियन र सिंगापुर टेलिकम युनियनबीच कार्यक्रम आदानप्रदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
ntcwu-singapore-25-8-20.jpg

काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यूयू) र युनियन अफ टेलिकम्स इम्प्लोइज् अफ सिंगापुर (यूटीईएस) बीच गत सन् २०२४ मा ६ वर्षका लागि डेलिगेट्स एक्सचेन्ज प्रोग्रामले निरन्तरता पाइरहेको छ । 

दुवैबीच मेरोरेन्डम अफ अन्डरस्टयान्डिङ (एमओयू) सम्पन्न भएबमोजिम एनटीसीडब्ल्यूयूका ६ जना प्रतिनिधिहरूले यसअघि नै सिंगापुर भ्रमण गरिसकेका छन् । सोही कार्यक्रम अन्तर्गत हाल यूटीईएसको टोली नेपाल भ्रमणमा रहेको छ । 

टोलीमा यूटीईएसका महासचिव थुविन्दर सिंह, निर्देशक मालिनी सुब्रमन्यम, कार्यकारी काउन्सिलरहरू जुमारि बिन अली, अब्दुल वहाब बिन अब्दुल अजिज र मारुफ बिन हस्बेरी तथा पहिलो उपमहासचिवनुर्हाफिजह बिन्त अब्राहिम रहेका छन् । 

यूटीईएसका प्रतिनिधि र एनटीसीडब्ल्यूयूका प्रतिनिधिबीच मंगलबार युनियनको सभाहलमा शिष्टाचार भेट भएको छ । यूएनआई ग्लोबल युनियनका प्रोग्राम एन्ड अर्गनाइजिङ कोर्डिनेटर तिकलजंग खडका, एनटीसीडब्ल्यूयूका सल्लाहकार एवं एनटीयूसी राष्ट्रिय समितिका सदस्य कृष्णप्रसाद अर्याल, आईपीपी राजेन्द्रप्रसाद जोशीसहित केन्द्रीय तथा क्षेत्रीय समितिका पदाधिकारी, सदस्य एवं संयोजकहरूको सहभागिता रहेको थियो | 

कार्यक्रमको सभापतित्व अध्यक्ष सुरेशप्रसाद रौनियारले गरेका थिए । उपाध्यक्ष हेमराज कटुवालले स्वागत मन्तव्य दिएका थिए भने महासचिव लोकेन्द्र पनेरूले कार्यक्रम संचालन गरेका थिए । 

कार्यक्रममा युनियनका पदाधिकारीहरु र यूटीईएस सिंगापुरका प्रतिनिधिहरूबीच सांगठनिक तथा कार्य अनुभव साझा गर्दै उपहार आदान प्रदान गरी सम्पन्न भयो  |

साथै कम्पनीकी प्रबन्ध निर्देशक सबिना मास्के प्रधान र यूटीईएसका प्रतिनिधिहरुबीच कम्पनीको बोर्ड हलमा शिष्टाचार भेट सम्पन्न भयो | उक्त भेटमा प्रबन्ध निर्देशक प्रधानले प्रतिनिधिमण्डललाई नेपाल टेलिकमको लोगो अंकित मायाको चिनो उपहार प्रदान गरिन् |

मंगलबारै नेपाल टेलिकम केन्द्रीय कार्यालयको सभाहल (४०१) मा कम्पनी ब्यवस्थापन सहितको सहभागितामा एनटीसीडब्ल्यूयू र यूटीईएस सिंगापुरका प्रतिनिधिहरुबीच 'टुगेदर इन ट्रान्जिसन: ट्रेड युनियन्स एन्ड द जर्नि अफ टेलिकम टेक्नोलोजी' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो |

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट प्रमुख संचालन अधिकृत डिल्लीराम अधिकारीले कम्पनीका गतिविधिका बारेमा प्रकाश पारे भने यूटीईएस सिंगापुरका तर्फबाट महासचिव थुविन्दर सिंहले सिंगापुर टेलिकमका बारेमा जानकारी गराए । 

कार्यक्रममा कम्पनीका सीएचआरओ सुरज सिंह थापा, सीएफओ राजेन्द्रप्रसाद अर्याल, कम्पनी सचिव द्वारिकाप्रसाद पौडेल, सीसीओ गंगासागर मातन्छे,  उच्च व्यवस्थापकहरू, एनटीसीडब्ल्यूयूका आईपीपी राजेन्द्रप्रसाद जोशी, क्रियाशील ट्रेड युनियन एनटीईएएनका अध्यक्ष मणिकुमार पोखरेल, एनईओ‌एन-एनटीका अध्यक्ष तेजबहादुर शाहीलगायत युनियनका पदाधिकारीहरू एवं कर्मचारीहरूको सहभागिता रहेको थियो | 

कार्यक्रममा सीएफओ राजेन्द्रप्रसाद अर्याल तथा सीएचआरओ सुरज सिंह थापाले अतिथिलाई उपहार स्वरुप कम्पनीको डायरी र कलम प्रदान गरे |



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ