नेपाल टेलिकम वर्कर्स युनियनमा नयाँ कार्यसमिति [परिणामसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ७ सोमबार
1.8k
Shares
काठमाडौँ । नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीडब्ल्यूयू) ले नयाँ नेतृत्व चयन गरेको छ । गत शनिबार पोखरामा सम्पन्न एनटीसीडब्ल्यूयूको १२ औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
पुस ३ देखि ५ गतेसम्म पोखरामा भएको एनटीसीडब्ल्यूयूको महाधिवेशनले रोशन बजगाईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै सहअध्यक्षमा हेरम्बदेव भट्टराई विजयी भएका छन् ।
उपाध्यक्षमा अच्युतकुमार ओझा, नन्दकुमार बुढाथोकी, भुपारज शर्मा, विष्णुमाया जीसी, बिगु पण्डित र राकेशकुमार लामा विजयी भएका छन् ।महासचिवमा लोकेन्द्र पनेरू निर्विरोध निर्वाचित भए । कोषाध्यक्षमा बिनोद घिमिरे निर्वाचित हुँदा उपमहासचिवमा श्रीनिधि पोखरेल, प्रतापराम लुहार दयाल र नरहरी नेपाल निर्विरोध भएका छन् । सहकोषाध्यक्षमा मदन सिटौला निर्वाचित भए ।
एनटीसीडब्ल्यूयूका निवर्तमान अध्यक्ष सरेशप्रसाद रौनियारले धन्यवाद ज्ञापन गरेका छन् । उनले २०७९ साल असोज २७ देखि २९ गतेसम्म धनगढीमा भएको ११ औँ महाधिवेशनबाट नेतृत्व सम्हालेका थिए ।
उनले १२ औँ महाधिवेशनमा प्रमुख अतिथिका रुपमा सहभागी भएर हौसला बढाएको भन्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाप्रति आभार व्यक्त गरेका छन् ।