वार्षिकोत्सवमा टेलिकमको रमिता: एकातिर खुशीयाली, अर्कोतिर विरोध [तस्बिर]
हाम्रा कुरा
प्रकाशित २०८२ माघ २२ बिहिबार
2.2k
Shares
काठमाडौँ । नेपाल टेलिकमले आज २२ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव मनाउने क्रममा उत्साह भने कम देखिएको छ । एकातिर वार्षिकोत्सवको खुशीयाली मनाइरहँदा अर्कोतिर भने चर्को विरोध भएको छ ।
टेलिकममा आबद्ध तीन ओटै कर्मचारी सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् । आफूहरू अन्याममा परेको ब्यानरसमेत राखेर उनीहरूले मौन विरोध गरेका हुन् ।
उनहरूले कर्मचारी विनियमावली संशोधन गर्दै वृत्ति विकासको व्यवस्था गर्न माग गर्दै आएका छन् ।
व्यवस्थापनले विनियमावली संशोधन नभएका कारण कर्मचारीहरू वर्षौँदेखि एउटै पदमा बसिरहनु परेको कर्मचारीहरूको गुनासो रहेको छ ।
समारोहको गृहमन्त्री ओमप्रकाश अर्यालले उद्घाटन गरेका थिए ।