नेप्से परिसूचकमा सामान्य वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ३ मंगलबार
513
Shares
काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.५१ अङ्कले बढेर २७७६.९० को विन्दुमा पुगेको छ। नेप्सेका अनुसार, आज ३१६ कम्पनीका १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर ६१ हजार ७८४ पटक खरिदबिक्री हुँदा ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज सबै समूहका उपसूचकहरूमा वृद्धि भएको छ। बैंकिङ ०.४० प्रतिशत, विकास बैंक ०.२० प्रतिशत, वित्त ०.०२ प्रतिशत, होटल तथा पर्यटन ०.०५ प्रतिशत, जलविद्युत् ०.१६ प्रतिशत र लगानी समूह ०.२१ प्रतिशतले बढेको छ। त्यसैगरी, जीवन बिमा ०.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.४६ प्रतिशत, लघुवित्त ०.१२ प्रतिशत, म्युचुअल फन्ड ०.२९ प्रतिशत, निर्जीवन बिमा ०.११ प्रतिशत, व्यापार ०.१८ प्रतिशत र अन्य समूह ०.०९ प्रतिशतले बढेको छ।
आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३१ करोड ७२ लाख ३७ हजार ८७२ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा लार्ज क्याप फन्डको ५ लाख ४३ हजार ६ सय कित्ता खरिदबिक्री भएको छ।