पुराना दलले केही गर्न सक्दैनन् भन्ने भाष्य गलत: देउवा [भिडियो]
सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
727
Shares
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्यहरू निर्माण गरी समाजलाई दिग्भ्रमित पार्ने काम भइरहेको बताएका छन्।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्ता भाष्य र चुनौतीहरूलाई चिर्दै अझ बढी सशक्त र क्रियाशील हुन आवश्यक रहेको बताए। उनले नेपाली काँग्रेसका सबै भ्रातृ संस्था र संगठनहरूलाई क्रियाशील र गतिशील बनाउँदै पार्टीभित्र वृहत् एकता कायम गर्न निर्देशन दिएका छन्।
सभापति देउवाले आगामी निर्वाचनमा बहुमत ल्याएर नेपाली काँग्रेसको स्थिर सरकार निर्माण गर्न अझ बढी समर्पणका साथ काम गर्न जरुरी रहेको बताए। उनले नेपाल विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिले भरिपूर्ण रहेको पनि बताए।