arrow

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
Parliament_building-1619601493.png

काठमाडौँ। संघीय संसदका दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभा, को बैठक आज बस्दैछ। दुवै सदनको बैठकमा विभिन्न विधेयकहरू पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको बैठक दिउँसो १:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०/८१' पेस गर्ने सम्भावित कार्यसूची छ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले 'तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन्।

यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो १:१५ मा बस्नेछ। आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले 'अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१' सभासमक्ष पेस गर्नेछन्।

दुवै सदनमा संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ