संविधानको मर्मअनुसार शिक्षा ऐन बन्न सकेन – प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
564
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपालको संविधानको मर्मअनुसार शिक्षासम्बन्धी ऐनहरू बन्न नसकेको बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिलेको शिक्षा नीतिमा अझै पनि धेरै औपनिवेशिक सोच र संरचनाहरू रहेको दाबी गरे।
उनले भने, "जनताले यति ठूलो त्याग र बलिदान गरेर बनाएको संविधानको मर्मअनुसार ऐन बन्न सकेका छैनन्। जनयुद्ध र जनआन्दोलनको इतिहासलाई जसरी शिक्षामा केन्द्रित गर्नुपर्ने हो, हामीले प्रयास गर्दागर्दै पनि अझै सफल भएको छैन।"
अध्यक्ष प्रचण्डले ढिलो–चाँडो औपनिवेशीकरणको अन्त्य हुने र राज्यको स्वाधीनता तथा लोकतन्त्रको हितअनुकूलको शिक्षा नीति बन्ने विश्वास व्यक्त गरे। उनले यसका लागि नेतृत्व र विद्यार्थी दुवैले आ-आफ्नो ठाउँबाट आवाज उठाउन जरुरी रहेको बताए। उनले राज्यले सम्पूर्ण शिक्षालाई नै निःशुल्क गर्नुपर्नेमा पनि जोड दिए।