arrow

नेप्सेमा १८.३० अंकको वृद्धि, कारोबार आठ अर्ब ५३ करोडभन्दा बढी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
nepse-nepal-stock-exchange-building.jpg

काठमाडौँ। साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा नेप्से परिसूचक १८.३० अंकले बढेर २,८५०.३७ मा पुगेको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.६१ अंकले उकालो लागेर ४९०.१६ मा पुगेको छ।

आज कुल २ करोड ५४ लाखभन्दा बढी कित्ता सेयर ८ अर्ब ५३ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। कारोबारमा सहभागी ३१८ कम्पनीमध्ये १८७ वटाको सेयर मूल्य बढेको छ भने ६२ वटाको मूल्य घटेको छ।

धेरै कमाउने: सिक्लेस हाइड्रोपावर, बरुण हाइड्रोपावर, मकर जितुमाया सुरी हाइड्रोपावर, रिलायबल समृद्धि योजना र खानीखोला हाइड्रोपावर।

धेरै गुमाउने: उन्न्ती सहकार्य लघुवित्त, समाज लघुवित्त, सान्भी इनर्जी, मैलुङ खोला हाइड्रोपावर र नबिल डिबेन्चर।

कारोबारका आधारमा लिबर्टी इनर्जी, शिवम् सिमेन्ट, हिमालय रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनी शीर्ष पाँच स्थानमा छन्। आजको कारोबारपछि कुल बजार पुँजीकरण ४७ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ