बहुविवाह सम्बन्धी विधेयक संसदमा पेश हुँदैन: मन्त्री चौरसिया
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
2k
Shares
तस्बिर फाइल
काठमाडौँ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाह जस्ता सामाजिक मूल्य र मान्यतामा प्रतिकूल असर पार्ने कुनै पनि विधेयक संसदमा पेस नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिँदै मन्त्री चौरसियाले समाजमा नकारात्मक प्रभाव पार्ने खालका कानुनी प्रस्तावहरू अघि नबढाइने बताएका हुन्। सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको भन्दै समाचार सार्वजनिक भएपछि सरकारको आलोचना भइरहेको थियो।
"समाजलाई नकारात्मक असर पार्ने तथा सामाजिक मूल्य र मान्यतामा प्रतिकूल प्रभाव पार्ने गरी बहुविवाह लगायतको कुनै पनि विधेयक यस सम्मानित सदनमा पेस नहुने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु," मन्त्री चौरसियाले भने।
उनले विवाहको उमेरलगायतका केही व्यवस्था हेरफेर गर्नका लागि विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइएको उल्लेख गरे।