arrow

पर्यटन समिति

लुम्बिनीको विकास अपेक्षाअनुसार हुन सकेन: पर्यटनमन्त्री पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २१ बुधबार
pandey-badri.jpg

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षित रूपमा हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

मन्त्री पाण्डेले लुम्बिनीमा काम निरन्तर भइरहेको भए पनि आफूहरूले सोचेको जस्तो प्रगति हुन नसकेको बताएका छन्। उनले आगामी दिनमा कामलाई अझ गति दिँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले लुम्बिनीको विकासका लागि कुनै राजनीतिक आग्रह र पूर्वाग्रह नराखी काम गरिरहेको पनि बताए।

लुम्बिनीमा केही भूराजनीतिक गतिविधिहरू पनि हुने गरेकाले त्यसको समाधान गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। उनले लुम्बिनीको ऐन नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको र त्यहाँ 'सरोकारवाला महाअभियान' को आन्दोलन पनि चलिरहेको जानकारी दिए।

समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, यसको प्रगति र चुनौतीहरूका बारेमा छलफल भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ