arrow

महाकाली नदीमा पानीको बहाव बढ्ने, सतर्क रहन आग्रह

धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
mahakali-river.jpg

खलङ्गा। भारतले नेपालसँग जोडिएको धौलिगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोल्ने भएको छ।

उत्तराखण्डमा रहेको उक्त बाँधमा जमेको माटो र बालुवा सफा गर्नका लागि ढोका खोल्न लागिएको हो। यसले दार्चुलाको महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जारी गरेको सूचनाअनुसार, बाँधको ढोका साउन २० गते बिहान ६ बजेदेखि साउन २१ गते बिहान ६ बजेसम्म खोलिनेछ।

यो २४ घण्टाको अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन भनिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ