विचार गोष्ठीमा सहभागी हुन भारतीय पत्रकारको टोली वीरगञ्जमा
हाम्रा कुरा
प्रकाशित २०८२ माघ ८ बिहिबार
1.3k
Shares
वीरगञ्ज । अंकुश मिडिया प्रालिका अध्यक्ष दीपेन्द्र चौहानले अल इन्डिया जर्नलिस्ट युनियन (आईएमजेयू) का अध्यक्ष बाला भाष्करको नेतृत्वमा आएको २० सदस्यीय पत्रकारहरूको टोलीलाई आज वीरगञ्जस्थित शंकराचार्य गेटमा स्वागत गरेका छन् ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी, महासंघ पर्साका सचिव विजय महतो र हिन्दु पत्रकार संघका अध्यक्ष राजन रौनियार लगायतको उपस्थिति रहेको थियो ।
अध्यक्ष चौहानको निमन्त्रणामा नेपाल आएको उक्त टोलीले भोलि वीरगञ्जमा आयोजना हुने ‘नेपाल-भारत सम्बन्धमा मिडियाको भूमिका’ विषयक विचार गोष्ठीमा सहभागिता जनाउनेछ भने आजै वीरगञ्जमा आफ्नो युनियनको बैठक समेत सम्पन्न गर्ने कार्यक्रम रहेको छ।