माओवादी केन्द्रले पुन: आन्दोलन गर्ने गर्यो निर्णय [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
718
Shares
काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले देशमा देखिएका 'विसंगति' विरुद्ध पुनः एक पटक आन्दोलन गर्ने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले यो घोषणा गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहालले भने, "फेरि एक पटक जनतामा जाने र देशमा देखापरेका विसंगतिका निम्ति आन्दोलन गर्ने निर्णय भएको छ।" उनले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न पार्टी एकताबद्ध भएको र अब सबै गुटबन्दी अन्त्य गरी अझ सुदृढ एकताको साथ अघि बढ्ने सामूहिक संकल्प लिएको पनि बताए।
दाहालले संघीय निजामती सेवा विधेयकको 'कुलिङ अफ पिरियड'मा भएको छेडखानीका दोषीलाई कारबाही गर्ने गरी संसदीय समितिले प्रतिवेदन ल्याउने विश्वास व्यक्त गरेका छन्।