नेप्सेमा उच्च गिरावट: परिसूचक ४७.९३ अंकले घट्यो, १६ अर्ब बढीको कारोबार
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १४ बुधबार
677
Shares
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ४७.९३ अङ्कले घटेर २,९५४.१४ को बिन्दुमा कायम भएको हो, जुन १.५९ प्रतिशतको गिरावट हो।
आज ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर १ लाख ४१ हजार ५२० पटक खरिदबिक्री हुँदा रु १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अन्य समूह शून्य दशमलव ८५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। विशेषगरी, विकास बैंक र लघुवित्त समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ।
आज सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यता, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य आठ दशमलव चार प्रतिशतले घटेको छ।