उपसभामुख इन्दिरा राना चीन भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
414
Shares
काठमाडौं । उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी आइतबार राति स्वदेश फर्किएकी छिन्। उनी चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर राति ११:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन्।
उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोग मञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी भएकी थिइन्।
सम्मेलनका क्रममा उपसभामुख रानाले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गरेकी थिइन्। यसका अतिरिक्त, उनले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गरेकी थिइन्।
उपसभामुख रानाको नेतृत्वमा रहेको दुई सदस्यीय प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने समेत सहभागी थिए। यो प्रतिनिधिमण्डल साउन ६ गते चीन प्रस्थान गरेको थियो।