‘नेताको भोट बढाउन अब विमानस्थल बनाउनु हुँदैन’: योगेश भट्टराई
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ८ बिहिबार
2.1k
Shares
काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले अब कुनै पनि नेताको भोट बढाउनका लागि नयाँ विमानस्थलहरू बनाउनु नहुने बताएका छन्। बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।
सांसद भट्टराईका अनुसार, नेपालमा हाल ५५ वटा विमानस्थल छन्, तर त्यसमध्ये ३२ वटा मात्रै सञ्चालनमा छन्। यस्तो अवस्थामा पनि सरकारले नयाँ विमानस्थल थप्ने नीति तथा कार्यक्रम ल्याउनु उचित नभएको उनको भनाइ छ। उनले अब राजनीतिक दबाबमा विमानस्थल थप्ने फेसन अन्त्य गर्नुपर्ने र भएका विमानस्थलको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए।
भट्टराईले नेपालको हवाई सेवाको इतिहासमा सन् १९४९ देखि हालसम्म १०८ वटा दुर्घटना भइसकेको र ९५९ जनाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गर्दै अब दुर्घटनाहरू रोक्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अबको प्राथमिकतामा पर्नुपर्ने बताए।