arrow

नेप्से परिसूचकमा सामान्य सुधार: १९ अर्बभन्दा बढीको कारोबार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
nepse-nepal-stock-exchange-building.jpg

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक पाँच दशमलव १७ अङ्कले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको छ।

आजको कारोबारमा तीन सय १९ कम्पनीको चार करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर एक लाख ७० हजार ३१८ पटक खरिदबिक्री भएको छ। यसबाट कुल १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार ५५७ रुपैयाँ ६७ पैसा को कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी वित्त समूह तीन दशमलव २३ प्रतिशतले बढेको छ। यस्तै, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, व्यापार र अन्य समूहको उपसूचक पनि बढेको छ।

आज ट्रेड टावर लिमिटेड र सान्भी इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्य भने पाँच दशमलव ३२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड को सबैभन्दा बढी रु ७८ करोड १० लाख २८ हजार ४३३ बराबरको सेयर किनबेच भएको छ। सेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड को १९ लाख ५४ हजार १३० कित्ता सेयर खरिदबिक्री भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ